Premier Cables

कोशी प्रदेश

कञ्चनजंघा संरक्षणबारे युनेस्को र कोशी सरकारबीच छलफल

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | साँझ ५:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कञ्चनजंघा संरक्षण क्षेत्र (केसिए) को दिगो संरक्षण, जैविक विविधता संरक्षण र जलवायु उत्थानशील समुदाय निर्माणका विषयमा युनेस्को र कोशी प्रदेश सरकारबीच छलफल भएको छ।

विराटनगरमा भएको भेटवार्तामा युनेस्को का प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच कञ्चनजंघा संरक्षण क्षेत्रमा सञ्चालित तथा प्रस्तावित कार्यक्रमबारे छलफल भएको हो।

विज्ञापन

भेटमायुनेस्कोको सहयोगमा सञ्चालित परियोजनाबाट प्राप्त उपलब्धि, सिकाइ तथा जैविक विविधता संरक्षणमा पुगेको योगदानबारे जानकारी आदानप्रदान गरिएको थियो। स्थानीय समुदायको सहभागिता बढाउँदै जलवायु परिवर्तनका असर सामना गर्न सक्ने समुदाय निर्माणका विषयमा पनि छलफल भएको जनाइएको छ।

यस्तै, प्रस्तावित कञ्चनजंघा बायोस्फियर रिजर्भ इनिसिएटिभ अघि बढाउने तथा संरक्षण क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो।

कञ्चनजंघा संरक्षण क्षेत्रमा हिमाली सम्पदा, सुशासन र जलवायु उत्थानशील समुदायसँग सम्बन्धित अध्ययन–अनुसन्धान तथा कार्यक्रमलाई अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

यी कार्यक्रम कार्यान्वयनका लागि कोशी प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र सहकार्य थप सुदृढ गर्ने विषयमा पनि भेटमा जोड दिइएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka