Premier Cables

विराटनगर

विराटनगरमा १५औँ जितिया पर्व महोत्सव भव्य रूपमा सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | बिहान ११:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगरमा अप्पन विराटगढ परोपकार समाज विराटनगरको आयोजनामा १५औँ जितिया पर्व महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शनिबार आयोजित महोत्सवमा मैथिली भाषी महिला तथा समुदायका सदस्यहरू आफ्नो मौलिक तथा पारम्परिक भेषभूषामा सहभागी भएका थिए। कार्यक्रममा जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व झल्काउने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

विज्ञापन

जितिया पर्वको अवसरमा अप्पन विराटगढ परोपकार समाजले प्रत्येक वर्ष विशेष समारोह आयोजना गर्दै आएको छ। मैथिली समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइने जितियाले मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई जोड्ने आयोजकको भनाइ छ।

महोत्सवमा देश तथा विदेशमा ख्याति प्राप्त गायक तथा वाद्यवादकहरूको सांगीतिक प्रस्तुतिले सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रममा ठूलो संख्यामा महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

आयोजकका अनुसार नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न जितिया महोत्सवलाई निरन्तरता दिइएको हो।

कार्यक्रममा सहभागी अतिथिहरूले जितिया पर्वलाई राज्यले अन्य प्रमुख पर्वसरह मान्यता दिनुपर्ने माग गरेका थिए। उनीहरूले मैथिली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाको संरक्षणका लागि सरकारले राष्ट्रिय बिदासहित आवश्यक पहलकदमी लिनुपर्ने बताएका थिए।

जितिया विशेषगरी मिथिला तथा तराई–मधेस क्षेत्रमा मनाइने महत्वपूर्ण पर्व हो। यस पर्वमा विवाहित तथा अन्य महिलाहरूले सन्तानको दीर्घायु, स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै धार्मिक विधिअनुसार व्रत बस्ने परम्परा छ। जितिया पर्वसँग विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यता जोडिएका छन्। यस अवसरमा महिलाहरूले परम्परागत गीत, पूजा तथा सांस्कृतिक गतिविधिमार्फत आफ्नो मौलिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka