Premier Cables

राजनीति

मोरङ २ कांग्रेस सभापतिमा चार जना नेताको दाबी

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु भएसँगै वडा तहदेखि क्षेत्रीय अधिवेशनसम्म पार्टीभित्रको राजनीतिक गतिविधि तीव्र बनेको छ। महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर २ को सभापतिका लागि चार जना नेताको नाम चर्चामा आउन थालेको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ–नगर अधिवेशन असोज ७ गते तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तय भएको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

विज्ञापन

क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा मोरङ–२ को आगामी सभापतिका लागि वर्तमान उपसभापति देवेन्द्रबहादुर बस्नेत, क्षेत्रीय सचिव टेकबहादुर बिष्ट, यस आघी नगर सभापतिमा पराजित महेश्वरप्रसाद राजवंशी र यसअघि सभापतिमा झिनो मतले पराजित यज्ञ कार्कीको नाम चर्चामा रहेको कांग्रेस निकट स्रोतले जनाएको छ।

हालसम्म चारै जनाले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा भने गरेका छैनन्। तर, क्षेत्रीय अधिवेशनमा आफ्नो पक्ष बलियो बनाउने उद्देश्यले नेता तथा कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएको कांग्रेस निकट स्रोतको दाबी छ।

मोरङ क्षेत्र नम्बर २ मा २९ वटा वडा रहेका छन्। यहाँ करिब ९ सय क्षेत्रीय प्रतिनिधि रहेको बताइएको छ। वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिको भूमिकाले आगामी क्षेत्रीय अधिवेशनमा नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले अहिले नेताहरूको ध्यान वडा अधिवेशनतर्फ केन्द्रित भएको देखिन्छ।

चर्चामा रहेका चारै जना नेताको बसोबास एउटै स्थानीय तहमा रहेको छ। बस्नेत सुनवर्षी नगरपालिका १ का हुन् भने कार्की वडा नम्बर २, बिष्ट वडा नम्बर ३ र राजवंशी वडा नम्बर ४ का बासिन्दा हुन्।

क्षेत्रीय सभापतिका लागि चर्चामा रहेका नेताहरूले भने अहिलेसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। वडा अधिवेशन सम्पन्न भएपछि क्षेत्रीय सभापतिको प्रतिस्पर्धा थप स्पष्ट हुने कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।

क्षेत्र नम्बर २ मा करिब ९ सय क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने भएकाले सभापतिका आकांक्षीहरूले आफूअनुकूल प्रतिनिधि चयन गराउने रणनीतिसहित वडा तहमा सक्रियता बढाएको कांग्रेस स्रोतको भनाइ छ। वडा र पालिका अधिवेशनको परिणामले क्षेत्रीय नेतृत्वको समीकरणसमेत प्रभावित पार्न सक्ने भएकाले अहिले क्षेत्र नम्बर २ को कांग्रेस राजनीतिमा आगामी नेतृत्वलाई लिएर चासो बढेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka