Premier Cables

अपराध

ज्युँदो कुकुर नदीमा फाल्ने महिला पक्राउ

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | बिहान १०:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​काठमाडौँ । बझाङमा एउटा ज्युँदो कुकुरलाई सेती नदीमा फालिदिएको अभियोगमा प्रहरीले जयपृथ्वी नगरपालिकाकी ४२ वर्षीया विमलादेवी रोकायालाई नियन्त्रणमा लिएको छ।

​चैनपुरस्थित पानकोट पुलबाट रोकायाले कुकुरलाई नदीमा फालिदिएकी हुन्। विगत दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरमा घाउ भई गन्ध आउन थालेको र सर्वसाधारणलाई टोक्न थालेपछि नदीमा फालेको उनले बयान दिएकी छन्।

विज्ञापन

​अधिकारकर्मी तथा सर्वसाधारणको चासोपछि पक्राउ परेकी रोकायाले यस्तो कार्य गैरकानुनी हुन्छ भन्ने आफूलाई थाहा नभएको प्रहरीलाई बताएकी छन्।

प्रहरीले उनीमाथि पशु अधिकार तथा कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka