Premier Cables

अर्थ विराटनगर

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २९, २०८३  | बिहान ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिको निर्वाचन सर्वसम्मत तथा निर्विरोध रूपमा सम्पन्न भएको छ। संघको विधान तथा नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यका लागि उमेदवारी दर्ता भएकोमा सोही संख्याका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचनपश्चात् बसेको नवगठित ३५औँ कार्यसमितिको पहिलो बैठकले अनिल कुमार साहको अध्यक्षतामा नयाँ पदाधिकारीहरूको चयन गरेको छ।
नयाँ कार्यसमिति
* अध्यक्ष: अनिल कुमार साह
* वरिष्ठ उपाध्यक्ष: अनिल सारडा
* वाणिज्य उपाध्यक्ष: विकास कुमार बेगवानी
* उद्योग उपाध्यक्ष: संजय कुमार श्रेष्ठ
* महासचिव: अमित कुमार सारदा
* सचिव (द्वय): अमित राठी र दिपेश सुवेदी
* कोषाध्यक्ष: विनित सिंघानिया
* सह-कोषाध्यक्ष: मनिष कुमार मारू
* प्रवक्ता: सुशिल सुराना

कार्यसमिति सदस्यहरू:
निर्वाचनबाट राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक), विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र बेदान्त जाजु सदस्यका रूपमा निर्वाचित भएका छन्।
यसैगरी डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मा कार्यसमिति सदस्यमा मनोनित भएका छन्। संघको नियम बमोजिम निवर्तमान अध्यक्ष अनुपम राठी ३५औँ कार्यसमितिको पदेन सल्लाहकारका रूपमा रहेका छन्।

विज्ञापन

आमन्त्रित सदस्य तथा समिति संयोजक:
बैठकले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, श्रुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको छ। साथै, महिला उद्यम समितिको संयोजकमा साधना झा र सह-संयोजकमा जीना श्रेष्ठलाई मनोनयन गरिएको छ।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka