Premier Cables

मौसम

भोटेकोशी बाढीबाट १८ विद्यालय प्रभावित, ११ पूर्ण क्षतिग्रस्त

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २८, २०८३  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार विद्यालयका भवन तथा शैक्षिक सामग्रीमा गरी रु ९३ करोड ७३ लाख बराबरको क्षति भएको छ ।

विज्ञापन

प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । ती भवनका १५२ वटा कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण क्षति पुगेको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई भवनका ११ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा रु ३ करोड ७५ लाख बराबरको क्षति भएको छ ।

उत्तरगया गाउँपालिकाका तीन विद्यालयका ६ वटा भवनमा क्षति पुगेको छ । ती विद्यालयका ३६ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यहाँ करिब रु १२ करोड २९ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

नुवाकोटको विदुर नगरपालिकामा नौ वटा विद्यालय प्रभावित भएका छन् । ती विद्यालयका ३२ वटा भवनमा क्षति पुगेको छ । ६१ वटा कोठामा आंशिक र ८९ वटा कोठामा पूर्ण क्षति पुगेको छ । यसबाट रु ३६ करोड ६२ लाख बराबरको क्षति भएको छ ।

धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालय प्रभावित भएका छन् । १० वटा भवनका ७७ वटा कोठामा आंशिक र आठ वटा कोठामा पूर्ण क्षति पुगेको छ । यहाँ रु १० करोड ६१ लाख बराबरको क्षति भएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । उक्त विद्यालयमा रु ४ करोड १० लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । यहाँ रु १ करोड ४३ लाख बराबरको क्षति भएको छ ।

प्रतिवेदनअनुसार विद्यालयमा रहेका शैक्षिक सामग्रीमा मात्रै रु २४ करोड ९३ लाख बराबरको क्षति भएको छ । बाढीबाट प्रभावित विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु ४ अर्ब २३ करोड ३५ लाख आवश्यक पर्ने आकलन गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka