Premier Cables

राजनीति

उद्धारलाई प्रभावकारी बनाउन कांग्रेसले गरायो ध्यानाकर्षण

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र २४, २०८३  | अपराह्न १:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकताअनुसार, थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

विज्ञापन

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन् ।

उनले रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको बताइन् । यो केवल प्राकृतिक विपत्ति नभई सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय संकट भएको उनको भनाइ छ ।

उनले रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले सम्पर्कविहीनहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारजनलाई सही सूचना दिन सरकारसँग माग गरिन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka