Premier Cables

अन्तराष्ट्रिय

प्रधानमन्त्री शाह र अस्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १९, २०८३  | अपराह्न १:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज बिहान टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग भएको संवाद महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे ।

विज्ञापन

शाहले विपद्पछिको उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञसहितको ड्रोन अपरेटर टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

उनले बाढीपछि नेपालमा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजीकार्य तीव्र पारिएको जानकारी पनि दिए । नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै शाहले विपद्को अवस्थामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिने बताए ।

वार्ताका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढीबाट नेपालमा परेको क्षतिप्रति चासो र चिन्ता व्यक्त गर्दै कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता जनाए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka