Premier Cables

राष्ट्रिय

एक सातापछि त्रिशूली-३ ‘ए’ को सुरुङबाट सकुशल उद्धार

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १९, २०८३  | बिहान १०:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रसुवास्थित ६० मेगावाट क्षमताको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजना कर्मचारीलाई शुक्रबार सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकाहरूमा सप्तरीका ३० वर्षीय मेकानिकल फोरम्यान सञ्जय साह र काठमाडौंका ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन्।

विज्ञापन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार उद्धार गरिएका दुवैजनाको अवस्था सामान्य रहेको छ र उनीहरूलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भिषण बाढीका कारण उक्त जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो। बाढीपछि आयोजनास्थलमा ४२ जना कर्मचारी तथा कामदारहरू फसेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka