Premier Cables

समाचार

रसुवा बाढीमा २०० विधार्थी बेपत्ता

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | बिहान ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बीबीसी नेपाली र सेवाका अनुसार विशेषगरी रसुवा र नुवाकोटका शैक्षिक संस्थाहरूमा व्यापक क्षति पुगेको छ । बाढी–पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् । कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ । विभिन्न विद्यालयका शिक्षकसमेत सम्पर्कविहीन छन् ।

विज्ञापन

कम्तीमा नौवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयहरूमा कुल दुई हजार ४२५ जना विद्यार्थी अध्ययनरत थिए । तीमध्ये धेरै विद्यालय लेदोले पुरिएका वा बाढीले बगाएका छन् ।

एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी मन्त्रालयलाई गराएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka