विराटनगर । रसुवा बाढीपीडितका लागि मोरङको रतुवामाई नगरपालिकाद्वारा ४० लाख सहयोग गरिएको छ ।
नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको पारिश्रमिकसमे काटेर सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।
बिज्ञापन
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको राहत तथा उद्धारका लागि रतुवामाई नगरपालिकाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरिदिने छ ।
नगरपालिकाको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूबाट निश्चित दिनको तलब कट्टा गरी सो बराबरको रकम कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो।
जनप्रतिनिधि तथा अधिकृतस्तर र सोभन्दा माथिका कर्मचारी ७ दिनको तलब कोषमा जम्मा गर्नेछन् । यसैगरी सहायकस्तर र सोभन्दा मुनिका कर्मचारी ५ दिन,अधिकृतस्तर र सोभन्दा माथिका शिक्षकको ५ दिन,सहायकस्तर र सोभन्दा मुनिका शिक्षक ३ दिनको तलब सहयोग गरिने भएको हो ।