Premier Cables
Premier Steel

समाचार

रसुवा बाढी: घाइतेलाई शुरुमा अस्थायी क्याममा उपचार

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ११, २०८३  | बिहान ६:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार शुरु गरिएको छ ।

​राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रबाट घाइतेहरूलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको छ।

बिज्ञापन

गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइने बताइएको छ ।

​यसैगरी, प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka