Premier Cables
Premier Steel

समाचार

जन्मदर्ता नभएका बालबालिकालाई जन्ममिति प्रमाणित गरेर विद्यालय भर्ना गर्न धनपालथानको परिपत्र

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १५, २०८२  | बिहान ८:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विगत लामो समयदेखि विभिन्न कारणवश जन्मदर्ता नगरिएका बालबालिकाको शैक्षिक पठनपाठनमा अवरोध हुँदै आएको थियो। देशका विभिन्न स्थानीय तहमा आमा वा बुवाको पहिचान नखुलेको तथा अन्य कारणले जन्मदर्ता नभएका विद्यार्थीहरू पढाइबाट वञ्चित भएका अवस्थामा, धनपालथान गाउँपालिकाले “पढाइबाट कोही पनि वञ्चित नहोस्“ भन्ने नीतिसहित सवै विद्यालयलाई परिपत्र गरेको छ ।

गाउँ कार्यपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई, जन्मदर्ता नभएका बालबालिकालाई वडा अध्यक्षको जन्ममिति प्रमाणित सिफारिसको आधारमा विद्यालयमा भर्ना गराउन निर्देशन दिएको हो ।

बिज्ञापन

गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदारले भने, “अहिलेको युगमा पनि विद्यार्थीहरू पढ्नबाट वञ्चित हुनु अत्यन्त दुःखद विषय हो। अन्य स्थानीय तहमा के स्थिति छ, थाहा छैन, तर धनपालथानमा जन्मदर्ता नभएको निहुँमा कसैले पनि शिक्षाबाट वञ्चित हुन नपाउने छ।“ उनले स्थानीय सरकारको निर्णय सबैले पालन गर्नुपर्ने र जन्मदर्ता नभएका बालबालिकालाई वडा अध्यक्षको सिफारिसको आधारमा अनिवार्य भर्ना गरिनुपर्ने स्पष्ट पारे ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रीता खतिवडाले भनिन् “धनपालथानमा विभिन्न कानुनी अडचनका कारण जन्मदर्ता नभएका विद्यार्थीहरू पठनपाठनबाट वञ्चित हुँदै आएको गुनासो आएपछि, यो विषय कार्यपालिकामा प्रस्ताव पेश गरिएको हो।“ उनले थपिन्, “सबै कार्यपालिका सदस्यहरूले बालबालिकाको भविष्यप्रति जिम्मेवार भएर साथ दिएका छन्, र राज्यले बालबालिकाको भविष्यसँग खेलवाड गर्न नहुने भन्दै प्रस्ताव बहुमतले पारित गरिएको हो।“

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa