Premier Cables

विराटनगर

सडकमा बच्चा जन्माएकी सुत्केरीलाई हुसेनले गरे आर्थिक सहयोग

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २६, २०८३  | अपराह्न २:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राजनीतिकर्मी अबुल हुसैनले सप्तरीको राजबिराममा अस्पतालको गेट अगाडि नै बच्चा जन्माउन बाध्य सुत्केरीलाई आर्थिक सहयोग गरेका छन् ।

हुसैनले ११ हजार १११ रुपैयाँ राजविराज नगरपालिका वडा नम्बर १४ पर्साहीकी बबिता कुमारी पासवानलाई सहयोग स्वरुप पठाएका हुन । सहयोग रकमले केही भएपनि राहत भएको बबिताले बताइन ।

विज्ञापन

त्यो रकम उनलाई हस्तान्तरण गरिएको छ । प्रसव पीडा सुरु भएपछि बुधबार बिहान करिब २ बजे श्रीमान् हरेराम पासवान सहित अस्पताल पुगेकी थिइन्। परिवारका अनुसार बबिता अस्पताल पुग्दा प्रसव पीडाले छटपटाइरहेकी थिइन्।

अस्पतालका चिकित्सकले भिडियो एक्स–रेलगायत केही परीक्षण गर्न भनेपछि करिब ३ हजार ४ सय रुपैयाँ खर्च लाग्ने जानकारी दिइएको तर आफ्नी श्रीमतीले सडकमै बच्चा जन्माउनु परेको हरेरामले गुनासो गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka