Premier Cables
Premier Steel

खेलकुद

नेपालले कर्नाटकविरुद्ध १८९ रनको लक्ष्य दियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | साँझ ५:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा कर्नाटक राज्यस्तरीय टोलीसामु १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रन बनाएको हो।

बिज्ञापन

नेपालका लागि ओपनर आसिफ शेखले ४९ रन बनाए। त्यस्तै, इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले समान २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशन झाले ११ रनको योगदान दिए।

कर्नाटकका क्रिती एमले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा एक मेडनसहित २० रन खर्चेर ५ विकेट लिए।

एसिसी प्रिमियर कपको तयारीका लागि नेपाल भारतमा अभ्यास गरिरहेको छ। प्रिमियर कप ३० अगस्टदेखि मलेसियामा आयोजना हुँदैछ।

समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka