Premier Cables
Premier Steel

अपराध विराटनगर

प्रशासनको छड्के अनुगमन : कोशी ग्यास उद्योगलाई जरिवाना

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २५, २०८३  | साँझ ६:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको छड्के अनुगमनका क्रममा एलपी ग्यासको वितरण तथा बिक्रीमा विभिन्न कैफियत भेटिएपछि उद्योग तथा विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा निरीक्षणमा सहयोग नगरेकोदेखि सिलिन्डरमा तोकिएभन्दा कम ग्यास भेटिएसम्मका विषयमा कारबाही गरिएको हो।

साउन १९ गते गरिएको बजार अनुगमनका क्रममा श्रीकृष्ण ट्रेडर्स, विराटनगर महानगरपालिका–७ ले जाँचबुझ तथा निरीक्षणको कार्यमा सहयोग नगरेको भन्दै ११ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

बिज्ञापन

त्यस्तै, साउन २३ गते बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रालिमा गरिएको अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत रहेको ग्यास उद्योग सञ्चालनमा नरहेको पाइएपछि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

अनुगमनकै क्रममा कोशी ग्यास उद्योग परिसरमा रहेका १४३ वटा रिफिल गरिएका सिलिन्डरमध्ये ६४ वटा सिलिन्डरको तौल परीक्षण गरिएको थियो। परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.९४ केजी मात्र तौल रहेको पाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि उद्योगलाई २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकी ६३ वटा सिलिन्डरको तौलसमेत परीक्षण गर्दा औसत तौल १४.९२५ केजी मात्र रहेको पाइएपछि उद्योगविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

त्यसैगरी, सोही ग्यास उद्योगमा रहेका खाली सिलिन्डरको तौल परीक्षण गर्दा १० वटा नमुनामध्ये ९ वटा सिलिन्डरमा तोकिएको तौलभन्दा १०० देखि १५० ग्रामसम्म बढी तौल देखिएको र उद्योगबाट उत्पादन भई वितरण भएका अधिकांश सिलिन्डरमा कम तौलको ग्यास राखी बिक्री–वितरण गरिएको पाइएको प्रशासनको विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार एलपी ग्यासको वितरणलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन अनुगमनलाई निरन्तरता दिइनेछ। साथै, अनुगमनका क्रममा देखिएका कैफियतका आधारमा सम्बन्धित उद्योग तथा व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने जनाइएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa