Premier Cables
Premier Steel

राजनीति

सीमासम्बन्धी बालेनको अभिव्यक्तिले किन तान्यो संसद्को ध्यान ?

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २५, २०८३  | अपराह्न ३:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्रीले गत जेठ १७ गते संसद्मा सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् । सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति स्पष्ट पार्न तथा सच्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा धारणा राख्न समय दिएका थिए ।

बिज्ञापन

बैठकमा नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्तिबारे सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको भन्दै प्रश्न उठाइन् । उनले राष्ट्रिय सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट हुनुपर्ने बताइन् ।

नेकपा (एमाले) की सांसद नीता घतानीले मुलुकको सीमाका विषयमा बोल्दा गम्भीरता अपनाउनुपर्ने बताइन् । उनले प्रधानमन्त्रीबाट राष्ट्रका नाममा गरिने सम्बोधन सरकारी सञ्चार माध्यममार्फत हुनुपर्ने धारणा राखिन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेश विश्वकर्माले नेपाल–भारत सीमाका विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए । उनले दलित, बधुवा श्रम, भूमिहीन दलित तथा लघुवित्तपीडितका माग वार्तामार्फत सम्बोधन गर्न पनि सरकारसँग आग्रह गरे ।

विश्वकर्माले कानुन, न्याय तथा मानवअधिकार समितिले अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थालाई बोलाएको विषय कानुनसम्मत नभएको टिप्पणी गरे ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पनि देशको सीमासम्बन्धी विषयमा सरकार प्रमुखबाट व्यक्त धारणा स्पष्ट हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नेपाल बहुजातीय, बहुभाषी तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै धार्मिक संस्थालाई कानुनअनुसार दर्ता गरी आर्थिक पारदर्शिता कायम गर्न आग्रह गरिन् ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa