Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

ड्रोन आक्रमणमा ५ जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २४, २०८३  | साँझ ६:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रुसको बेलगोरोद सहरमा युक्रेनले रातभर गरेको ड्रोन आक्रमणमा पाँच जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् ।

आइतबार भएको आक्रमणमा सुरुमा तीन जनाको मृत्यु भएको र २५ जना घाइते भएको जनाइएको थियो । घाइतेमध्ये दुई बालबालिका रहेको बताइएको छ । पछि थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

बिज्ञापन

बेलगोरोद क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जान्डर शुवायेभका अनुसार ड्रोन आक्रमणपछि दुईवटा आवासीय भवनमा आगलागी भएको थियो । आक्रमणबाट ठूलो संख्यामा आवासीय तथा गैरआवासीय भवनमा क्षति पुगेको उनले बताएका छन् ।

यसैबीच, रुसको रक्षा मन्त्रालयले युरोपेली रुसका विभिन्न क्षेत्रसहित क्रिमिया, ब्ल्याक सागर र आजोभ सागरमाथि गरी १५० भन्दा बढी युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ ।

ब्ल्याक सागरस्थित रुसको प्रमुख निर्यात बन्दरगाह नोभोरोसिस्कमा समेत ड्रोनका अवशेष खसेको नगरप्रमुख आन्द्रे क्राभचेन्कोले बताएका छन् । उनका अनुसार अवशेष दुईवटा संरचनामा खसे पनि ती संरचना कुन प्रयोजनका थिए भन्ने खुलाइएको छैन ।

स्थानीय संकट केन्द्रका अनुसार नोभोरोसिस्कमा तीनवटा आवासीय भवनमा क्षति पुगेको छ भने एक जना घाइते भएका छन् ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa