Premier Cables
Premier Steel

राजनीति

सिंहदरबारको नाम फेर्ने ढकालको प्रस्ताव, ‘अनामनगर दरबार’ राख्न सुझाव

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २४, २०८३  | अपराह्न २:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत रहेको भन्दै प्रश्न उठाउनुभयो ।

बिज्ञापन

नेपालमा सिंह नै नपाइने उल्लेख गर्दै उहाँले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न गर्नुभयो । राजनीतिक परिवर्तनपछि अन्य स्थानको नाम परिवर्तन गरिएजस्तै सिंहदरबारको नाम पनि परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्न सकिने उहाँको धारणा थियो ।

“परिवर्तनपछि सबै ठाउँको नाम परिवर्तन भयो । एयरपोर्टहरूका नाम पनि परिवर्तन भए । तर सिंहदरबारको नाम परिवर्तन भएन । हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ,” ढकालले भन्नुभयो ।

उहाँले सिंहदरबारको नाम मात्र नभई त्यहाँबाट सञ्चालन हुने शासन प्रणालीको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभयो । प्रशासनिक केन्द्रमा अझै पुरानै शैली, भाषा र व्यवहार हाबी रहेको भन्दै त्यसलाई बदल्नुपर्ने उहाँको भनाइ थियो ।

ढकालले राज्य सञ्चालनको ‘मुहान’ नै सिंहदरबार भएकाले सुधारको सुरुवात पनि त्यहीँबाट हुनुपर्ने बताउनुभयो । प्रशासनिक केन्द्रको परम्परागत सोच, शैली र भाष्यलाई चिर्दै नयाँ कार्यसंस्कृति विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa