Premier Cables
Premier Steel

राष्ट्रिय

नेपाल आउने भारतीय पर्यटकले भारु ४ लाख २५ हजार ल्याउन पाउने

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ६:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई अबदेखि ४ लाख २५ हजार भारतीय रूपैयाँसम्म नगद ल्याउन बाटो खोल्ने तयारी भएको छ । बजेटको नयाँ व्यवस्थाले पर्यटन उद्योगीहरू उत्साहित भएका छन्। उनीहरूले आफ्नो वर्षौंदेखिको माग सरकारले पूरा गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन्।

आर्थिक वर्ष २०८२र८३ को बजेटको बुँदा नम्बर ४०५ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने र त्यसभन्दा बढी रकम स्वघोषणा गरी ल्याउन सकिने व्यवस्थालाई सहजीकरण गर्ने घोषणा गरेका छन्।

बिज्ञापन

‘हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने र सोभन्दा बढी भन्सार विन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिनेछ,’ बजेटमा उल्लेख छ।

त्यसो त यसअघि पनि पाँच हजारको सीमा नै थियो। भन्सार विभाग र अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार यो व्यवस्था भारतीय पर्यटकलाई मध्यनजर गरेर ल्याइएको हो।

अन्य देशको नागरिकलाई ५ हजार डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने सुविधा भए पनि नेपाल(भारत स्थलमार्ग सीमाबाट आउने यात्रुलाई यो सुविधा थिएन।

बजेटको यो व्यवस्थाले हालको २५ हजार भारूको सीमालाई फराकिलो बनाउँदै भारतीय पर्यटकलाई ५ हजार डलर बराबर ९लगभग ४ लाख २५ हजार भारू वा ६ लाख ८० हजार नेपाली रुपैयाँ ल्याउन सहज बनाउन खोजिएको हो।

बजेटले गरेको यो व्यवस्थाबाट पर्यटन व्यवसायीहरूमा ठूलो उत्साह छाएको छ। उनीहरूले भारतीय पर्यटकको आगमन र खर्चमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरेका छन्।

नेपालमा भारतीय पर्यटकको आकर्षण धार्मिक गन्तव्यहरू जस्तै पशुपतिनाथ, लुम्बिनी, जनकपुर र मनोरञ्जनात्मक गन्तव्यहरू जस्तैस् पोखरा, चितवनमा रहँदै आएको छ। तर, हालको २५ हजार भारूको सीमाले उनीहरूको खर्च सीमित थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka