Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

पाकिस्तानले जेट खसालेको हो ? भारतीय जनरलको उत्तर : जेट खसालिए, बरु किन !

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ १८, २०८२  | बिहान ८:३७ बजे

काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले गत मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान पाकिस्तानले खसालिदिएको भन्ने प्रश्नको जवाफ दिएका छन् ।

ब्लूमबर्ग टिभीले सिंगापुरमा सोधेको प्रश्नमा सीडीएस जनरल चौहानले भनेका छन्, ‘मलाई लाग्छ जरुरी कुरा यो होइन कि जेट खसालिए, बरु किन खसालिए भन्ने हो ।’

बिज्ञापन

चौहानसँग गरिएको कुराकानीको एक मिनेट पाँच सेकेन्डको अंश ब्लूमबर्ग टिभीले सामाजिक सञ्जालमा पोस्ट गरेको छ ।

त्यसमा पाकिस्तानसँग चार दिनसम्म चलेको सैन्य संघर्षमा भारतको कुनै लडाकु विमान खसेको थियो कि थिएन रु भनेर सोधिएको छ । त्यसको जवाफमा जनरल चौहानले भनेका छन्, ‘यो जरुरी छैन कि जेट खसालियो, जरुरी कुरा त किन खसालियो भन्ने हो ।’

त्यसपछि पत्रकारले पुनः सोधिन्, ‘कम्तीमा एउटा जेट खसालिएको थियो, के यो सही हो रु’

चौहानले जवाफ दिए, ‘राम्रो कुरा त के हो भने हामीले आफ्ना रणनीतिक कमजोरीहरू पत्ता लगायौं, त्यसलाई सच्यायौं र दुई दिनपछि कार्यान्वयन गर्यौं । त्यसपछि हामीले सबै जेट उडायौं र लामो दूरीमा रहेका लक्ष्यहरूमा प्रहार गर्यौं ।’

पत्रकारले फेरि भनिन्, ‘पाकिस्तानले दाबी गरेको छ कि उसले भारतका छ वटा लडाकु विमान खसाल्न सफल भयो, के त्यो सही हो रु’

यसको जवाफमा जनरल चौहानले भनेका छन्, ‘त्यो बिल्कुल गलत हो । तर, मैले भनेँ, त्यो बिल्कुलै महत्वपूर्ण होइन। महत्वपूर्ण कुरा त के हो भने जेट किन खसे र त्यसपछि हामीले के गर्यौं । त्यो कुरा हामीका लागि धेरै जरुरी छ ।’

कति वटा विमान खसे भन्नेबारे कुनै स्पष्ट जवाफ दिएनन् । भारतका ६ वटा विमान खसालेको पाकिस्तानको दाबीलाई भने उनले अस्वीकार गरे ।

पहलगाममा आतंकवादी आक्रमणपछि भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अभियान अन्तर्गत ७ मेको दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय फाइटर जेट खसालेको जानकारी संसदलाई गराएका थिए । उनले भनेका थिए, ‘हामीले भारतको हमलाको जवाफमा ५ भारतीय लडाकु विमान खसाल्यौं । त्यसमा ३ वटा राफेल थिए ।’ पछि पाकिस्तानी अधिकारीहरुले भारतका ६ लडाकु विमान खसालेको दाबी गरेका थिए ।

भारतले फ्रान्सबाट प्राप्त विश्वकै अत्याधुनिक मानिने राफेल लडाकु विमान पाकिस्तानले खसालेको खबरले सनसनी मच्चिएको थियो ।

त्यतिबेला भारतीय सेनाका अधिकारीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यसबारे प्रश्न सोधिएको थियो । सो प्रश्नमा एयर मार्शल एके भारतीले भनेकी थिइन्, ‘हामी युद्धको अवस्थामा छौं र क्षति हुनु त्यसको एउटा हिस्सा हो ।’

अहिले शांग्रीला संवादमा भाग लिन सिंगापुरमा रहेका बेला सीडीएस अनिल चौहानलाई पनि ब्लूमबर्ग टेलिभिजनले सोही जिज्ञासासहित कुराकानी गरेको थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka