Premier Cables

राष्ट्रिय

तातोपानी नाका हुँदै दैनिक ६ सय भारतीय पुग्दैछन् कैलाश मानसरोवर

Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान ७:५८ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै दश वर्षपछि तिब्बतस्थित कैलाश मानसरोवर जाने तीर्थयात्रीको आवागमन सुरू भएको छ ।

बाढीका कारण रसुवागढी नाका बन्द भएपछि, तातोपानी नाका हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीको भिड लागेको छ ।

बिज्ञापन

गत असार २४ गते राति आएको भीषण बाढीले तहसनहस पारेपछि रसुवागढी नाका अवरूद्ध छ । त्यसको विकल्पमा तीर्थयात्रीले चीनको तिब्बतसि्थत कैलाश मानसरोवरको दर्शन गर्न तातोपानी नाका प्रयोग गर्न थालेका छन् ।

तातोपानी कोदारी अध्यागमन कार्यालयमा दैनिक विभिन्न देशका सयौँ तीर्थयात्रीले अराइभल र डिपार्चरको अनुमति लिने गरेका छन् । अहिले दैनिक ३ सयदेखि ६ सय जना तीर्थयात्री यो नाकाबाट आउने जाने गरिरहेका छन् ।

प्रत्येक वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्म कैलाश मानसरोवर दर्शनको सिजन हो । केरूङ नाका बन्दभएपछि चीन सरकारले वैकल्पिक मार्गका रूपमा दश वर्षपछि कैलाश मानसरोवर दर्शन गर्ने तीर्थयात्रीलाई तातोपानी नाका खुला गरेपछि त्यहाँ भिडभाड बढेको हो ।

नेपालतर्फ कोदारी सडकको जीर्ण अवस्था झल्दै जोखिमका बीच तीर्थयात्रु तातोपानीबाट आवतजावत गरिरहेका छन् । अहिलेसम्म भारत, भुटान, अमेरिका, क्यानाडालगायतका २६ देशका १ हजार ३ सय ६४ पुरुष र १ हजार ६९ महिलागरी २ हजार ४ सय ३३ जान तीर्थयात्री कैलाश मानसरोवर दर्शन गरेर र्फकेका छन भने १ हजार १५ पूरूष र ७ सय ६९ महिला मानसरोवर प्रस्थान गरेको अध्यागमन कार्यालयले जानएको छ ।

लामो समयपछि कैलाश मानसरोवर दर्शनका लागि तीर्थयात्रीले यो नाका प्रयोग गरेसँगै आउजाउ बढेपछि तातोपानी क्षेत्रका हेटल व्यवसायी उत्साहित भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka