Premier Cables

अर्थ

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | राती ८:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले विनियोजन विधेयक, २०८३ पारित भएको घोषणा गरेका हुन्।

बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतका आधारमा स्वीकृत भएको हो।

विज्ञापन

यसअघि सभामुख अर्यालले विधेयकका दफा २ देखि ११ सम्म निर्णयार्थ प्रस्तुत गरेका थिए। विभिन्न मन्त्रालयगत शीर्षकअन्तर्गत विनियोजित बजेटमा खर्च कटौती गर्न माग गर्दै सांसदहरूले पेश गरेका प्रस्तावहरू भने प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएका छन्।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत शीर्षकअनुसार विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले बजेटका प्राथमिकता, कार्यान्वयन क्षमता तथा क्षेत्रगत विनियोजनबारे धारणा राखेका थिए।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया अगाडि बढेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka