Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १९, २०८३  | राती १०:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईको एक अस्पतालमा उपचाररत रहेका रावतको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स ले जनाएको छ।

रावतका व्यवस्थापक सिद्धार्थ तिवारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स ले जनाएअनुसार उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत थिए। अभिनेता यशपाल शर्माले पनि इन्स्टाग्राममार्फत रावतको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

बिज्ञापन

चार दशकभन्दा लामो अभिनय यात्रामा प्रदीप रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए। उनले चर्चित टेलिभिजन श्रृंखला महाभारत मा अश्वत्थामाको भूमिका निर्वाह गर्दै अभिनय यात्रा थप चर्चित बनाएका थिए।

त्यसपछि उनले लगान, सरफरोश, गजिनी, राउडी राठौर लगायतका चर्चित चलचित्रमा शक्तिशाली खलनायकको भूमिकाबाट विशेष पहिचान स्थापित गरेका थिए।

रावतले नेपाली चलचित्र ह्रस्व दीर्घ तथा आबाट आमा र आबाट आमा–२ मा समेत अभिनय गरेका थिए।

उनको निधनपछि नेपाली कलाकार विपना थापा, नीता ढुंगानालगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa