Premier Cables
Premier Steel

समाचार

हेरिटेज H₂O-LYMPICS III सम्पन्न, कक्षा ३ देखि ९ सम्मका विद्यार्थीले देखाए उत्कृष्ट पौडी कौशल

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १८, २०८३  | अपराह्न २:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित हेरिटेज इन्टरनेसनल स्कुलले आयोजना गरेको हेरिटेज H₂O-LYMPICS III (Intra School Aquatic Meet) सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै पौडीमा आफ्नो प्रतिभा, गति र खेल भावना प्रस्तुत गरेका छन्।

होटेल एसिआटिकमा आयोजित प्रतियोगितामा विभिन्न उमेर समूहका विद्यार्थीबीच ५० मिटर, १०० मिटर र १५० मिटर फ्रिस्टाइल विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताका क्रममा विद्यार्थीहरूले अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको उत्कृष्ट प्रदर्शन गरेका थिए।

बिज्ञापन

प्रतियोगिताका सहभागीहरूलाई मुख्य पौडी प्रशिक्षक सुनील राना मगर र विक्की घिमिरेले प्रशिक्षण तथा प्राविधिक मार्गदर्शन प्रदान गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुशान्त बानियाँले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै नेतृत्व क्षमता, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने बताए। उनले विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कांस्य पदक प्रदान गरिएको विद्यालयले जनाएको छ।

विजेताहरूको नतिजाअनुसार, ५० मिटर फ्रिस्टाइलअन्तर्गत कक्षा ३ छात्रातर्फ श्रेया सापकोटाले स्वर्ण, सिद्धी साहले रजत तथा लेनिशा यादवले कांस्य पदक जितिन्। कक्षा ३ छात्रतर्फ रिजन पोद्दारले स्वर्ण, आरभ बुढाथोकीले रजत र निश्चय पौडेलले कांस्य पदक जिते।

कक्षा ४ छात्रतर्फ अर्जुन अधिकारी स्वर्ण, आरोहण अधिकारी रजत तथा श्रेयंश निरौला कांस्य पदक विजेता बने। कक्षा ५ छात्रा समूह ‘ए’मा रिद्धि टापरियाले स्वर्ण, आइरा खतिवडाले रजत र सुविज्ञ पौडेलले कांस्य पदक जितिन्।

त्यसैगरी कक्षा ५ छात्रा समूह ‘बी’मा प्रियांशी सार्डाले स्वर्ण, नाइरा पोद्दारले रजत तथा मेष्णा श्रेष्ठले कांस्य पदक हात पारिन्। कक्षा ५ छात्रतर्फ दक्षित मुन्दडाले स्वर्ण, कोविद कुण्डलियाले रजत र श्रमुएल भण्डारीले कांस्य पदक जिते।

१०० मिटर फ्रिस्टाइलअन्तर्गत कक्षा ६ छात्रतर्फ आरभ यादव स्वर्ण, आरोहण रेग्मी रजत र सोयम खड्का कांस्य पदक विजेता बने। कक्षा ६, ७ र ८ छात्र समूहमा श्रेयस श्रेष्ठले स्वर्ण, नित्यन्त मल्लिकले रजत तथा साकेत यादवले कांस्य पदक जिते।

१५० मिटर फ्रिस्टाइलतर्फ कक्षा ८ छात्रमा आरभ कार्कीले स्वर्ण, शाश्वत श्रेष्ठले रजत र रोनिश लुइँटेलले कांस्य पदक जिते। यस्तै, कक्षा ९ छात्रतर्फ संस्कार थापाले स्वर्ण, अलिस पौडेलले रजत तथा प्रशुभ खड्काले कांस्य पदक हात पारे।

विद्यालय प्रशासनले प्रतियोगितामा पदक जित्ने विद्यार्थीका साथै सहभागी सम्पूर्ण खेलाडीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, यस्ता प्रतियोगिताले विद्यार्थीमा खेल संस्कृतिको विकास गर्दै आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa