Premier Cables
Premier Steel

अपराध विराटनगर समाचार

विराटनगरको उद्योगी घराना मुन्दडा निवासमा ५ घण्टा प्रहरीको खानतलासी, गैरकानुनी सामग्री फेला परेन

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन १८, २०८३  | बिहान ११:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ प्रहरीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–७ गोल्छा चोक पुर्व  उधोगी  बेनी गोपाल मुन्दडाको घरमा करिब पाँच घण्टासम्म खानतलासी गरेको छ। प्रहरीका अनुसार खोजीका क्रममा कुनै पनि गैरकानुनी सामग्री फेला नपरेको भए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार  प्रेस विज्ञप्ति जारी गर्दै विशेष सूचनाका आधारमा प्रहरी टोली बिहानै मुन्दडाको घरमा पुगेको थियो। कानुनी प्रक्रिया पूरा गर्दै गरिएको खानतलासीका क्रममा सूचनामा उल्लेख भएअनुसारका गैरकानुनी वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।

बिज्ञापन


स्थानीयका अनुसार प्रहरी टोली बिहान करिब ५ बजेदेखि घरमा प्रवेश गरी करिब पाँच घण्टासम्म खानतलासीमा संलग्न भएको थियो।
खानतलासीपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बेनी गोपाल मुन्दडाले यो प्रहरीको नियमित प्रक्रिया भएको बताए। उनले आफ्नो घरबाट कुनै पनि गैरकानुनी सामग्री बरामद नभएको उल्लेख गर्दै आफूले “क्लिन चिट” पाएको दाबी गरे।

यसैबीच, उक्त घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले पर्याप्त आधारबिना ठूला उद्योगी–व्यवसायीलाई अनावश्यक त्रासमा राखिएको आरोप लगाएका छन्। यद्यपि, यसबारे प्रहरीले कुनै टिप्पणी गरेको छैन।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जारी गरेको विज्ञप्तिमा यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa