Premier Cables
Premier Steel

अपराध विराटनगर समाचार

देवानगञ्ज घटनाका मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइयो

करण बास्तोला Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन १५, २०८३  | साँझ ५:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका दुई जनाको शव विराटनगरस्थित न्यूरो अस्पतालबाट निकालिएको छ।

मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव बुझ्न आफन्त अस्पताल पुगेपछि शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार पोस्टमार्टम प्रक्रिया पूरा भएपछि दुवै शव आफन्तको जिम्मा लगाइनेछ।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।

शुक्रबार बिहान पीडित परिवार र सरकारबीच सातबुँदे सहमति भएपछि परिवार शव उठाउन सहमत भएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa