Premier Cables
Premier Steel

अन्तराष्ट्रिय शिक्षा

कक्रोज जनता पार्टीको आन्दोलनमा रातारात अनेक घटनाक्रम : वाङचुकले अनशन तोडे, नयाँ शिक्षा सचिव नियुक्त

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०८, २०८३  | अपराह्न १२:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगरर्‍भारतमा कथित नीट प्रश्नपत्र चुहावटको विरोधमा जारी विद्यार्थी आन्दोलनबीच बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महत्वपूर्ण घटनाक्रम भएका छन् ।

कार्यकर्ता सोनम वाङचुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन् । सरकारले प्रश्नपत्र चुहावटसम्बन्धी विषयमा संसद्मा छलफल गर्ने, नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने तथा आन्दोलनमा सहभागी विद्यार्थीमाथि मुद्दा नचलाउने आश्वासन दिएपछि वाङचुकले अनशन अन्त्य गरेका हुन् ।

बिज्ञापन

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा सजायको व्यवस्था गर्ने नयाँ विधेयक संसद्मा पेस गरिने घोषणा गरेका छन् । प्रश्नपत्र चुहावट रोक्न तथा दोषीमाथि कडा कारबाही गर्न सरकारले नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको हो ।

सरकारले उच्च शिक्षा सचिवमा नयाँ अधिकारी नियुक्त गरेको छ । उता विपक्षी दलहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउन माग गरेका छन् ।

यद्यपि, विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेको ‘ककरेच जनता पार्टी’ (सीजेपी) ले विरोध प्रदर्शन जारी रहने जनाएको छ । सरकारले गरेको आश्वासनपछि वाङचुकले अनशन अन्त्य गरे पनि नीट परीक्षासम्बन्धी कथित अनियमितता र प्रश्नपत्र चुहावटको विषयमा विद्यार्थीहरूको आन्दोलन जारी रहने जनाइएको छ ।

वाङचुकले गत जुन २८ देखि नीट प्रश्नपत्र चुहावटसम्बन्धी आरोपमा सरकारलाई जवाफदेही बनाउन तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै अनिश्चितकालीन अनशन सुरु गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa