Premier Cables

कोशी प्रदेश

कोशीमा सत्ता संकट: कांग्रेस प्रदेश कार्यालयमा आकस्मिक बैठक

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ३२, २०८३  | बिहान ९:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कर्णाली र सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिसँगै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारीमा खटपट सुरु भएको छ। बुधबार यी दुई प्रदेशको सत्ता समीकरणमा आएको फेरबदलको असर कोशी प्रदेशमा समेत देखिएको हो।

कांग्रेसले प्रदेश सरकारबाट एमालेसँगको समीकरण तोड्ने चर्चा चलिरहँदा बिहीबार बिहान ११ बजेका लागि पार्टी र सरकारबीच समन्वय गर्न बनेको संयन्त्रको आकस्मिक बैठक बोलाइएको छ। पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र पार्टीका महामन्त्री सहभागी हुने स्रोतले जनाएको छ।

विज्ञापन

बैठकमा कोशी प्रदेशको सत्ता साझेदारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे सघन छलफल हुनेछ। कार्यदलमा सिनियर नेताहरू अमृत अर्याल, गयानन्द मण्डल र सरकारको नेतृत्व गरिरहेका प्रदिप सुनुवार लगायतको उपस्थिति रहने बताइएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै उपनेता हिमाल कार्कीले सुदूरपश्चिम र कर्णालीको राजनीतिक विकासक्रमपछि कोशीमा पनि हलचल भएको स्वीकार गरे। उनले बिहीबारको बैठकपछि कोशीको सत्ता यात्राबारे ठोस धारणा सार्वजनिक हुने र कोशीमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठोस निर्णय लिइने जानकारी दिए।

नेताहरूका अनुसार हालसम्म केन्द्रबाट कुनै औपचारिक निर्देशन नआए पनि कार्यदलको बैठकबाटै भरे रातिसम्म वा भोलिको बैठकपछि कोशीको सत्ता समीकरणबारे ठोस खाका तय हुने देखिन्छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka