Premier Cables
Premier Steel

विराटनगर

हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | अपराह्न १२:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हामी युवा, नेपालले शुभ लक्ष्मी इन्टरप्राइजेज, दुहबी–सुनसरीसँगको सहकार्यमा बाल सुधार गृह, मोरङलाई सिटी सफारी र स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर-३ स्थित बालसुधार गृहमा बुधबार एक कार्यक्रम आयोजना गरी हामी युवाले एक थान सिटी सफारी तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो । हामी युवा नेपालका अध्यक्ष सन्तोष दाहालले सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेलाई सिटी सफारीको चाबी र एसडी स्टेशनरीको सहयोगमा उपलब्ध गराइएको स्टेशनरी सामग्री प्रदान गरे ।

बिज्ञापन

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका समुदाय र संस्थालाई निरन्तर सहयोग गर्दै आएको बताए । उनका अनुसार सिटी सफारी खरिदका लागि आवश्यक रकममध्ये ८० प्रतिशत रकम संस्थाका युवा सदस्य तथा शुभचिन्तकहरूबाट संकलन गरिएको थियो भने २० प्रतिशत सहयोग एसके सिटी रिक्सा ले गरेको हो ।

यसैगरी बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले गत भदौ २४ गतेको आन्दोलनका क्रममा सवारीसाधन तोडफोड भएपछि बालकहरूलाई अस्पताल लैजानलगायतका काममा निकै कठिनाइ भएको उल्लेख गर्दै, यस सिटी सफारीले अब सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

यस्तै, शुभ लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सञ्जय रौनियारले सामाजिक कार्यमा लाग्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिन पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सम्राट स्मार्ट क्लबका अध्यक्ष किरण गिरीले दाताबाट उपलब्ध भएका सिटी सफारीको सही सदुपयोग हुने विश्वास व्यक्त गर्दै सहयोगी दाताप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी दिवस राजवंशी, हामी युवाका संस्थापक सविन दाहाल, कर्मचारी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
motionR: 0;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 46;

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa