Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतीय अनिल मेनन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगे

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | बिहान ११:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नासाका अन्तरिक्ष यात्री अनिल मेनन र रुसका दुई कस्मोनट्स सोयुज एमएस-२९ अन्तरिक्ष यानमार्फत बुधबार बिहान सबेरै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेका छन्।

उनीहरू तीन घण्टाभन्दा बढीको यात्रा पूरा गरी अन्तरिक्ष स्टेशन पुगेका हुन्। त्यहाँ पुग्दा उनीहरूलाई अङ्गालो हालेर र हात हल्लाउँदै भव्य स्वागत गरिएको थियो।

बिज्ञापन

मेननका साथै रुसी कस्मोनट्स प्योत्र दुब्रोभ र अन्ना किकिनालाई लिएर रोस्कोसमोसको अन्तरिक्ष यान मङ्गलबार राति भारतीय समयअनुसार ८:१७ बजे बैकोनुरबाट उडेको थियो। त्यस समयमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन कस्मोड्रोमको ठीक माथिबाट गुडिरहेको थियो।

करिब आठ मिनेटमा सुरुवाती कक्षमा पुगेपछि सोयुज एमएस-२९ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुग्नका लागि करिब तीन घण्टाको यात्रा सुरु गरेको थियो। उक्त अन्तरिक्ष यान राति ११:५२ बजे स्टेशनको प्रिचल मोड्युलसँग जोडिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa