Premier Cables

राष्ट्रिय

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ३०, २०८३  | बिहान ११:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको काठमाडौंमा उपचारका क्रममा निधन भएको छ।

गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत २५ वर्षीय मण्डलको आज बिहान निधन भएको हो। शुक्रबार साँझ साढे ७ बजे अस्पताल पुर्‍याइएका मण्डललाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीका अनुसार उनको शरीरको ८५ प्रतिशत भाग जलेको थियो र आज बिहान २:०५ बजे उनको मृत्यु भएको हो।

विज्ञापन

मण्डलले शुक्रबार आफ्नो घरभन्दा करिब दुई सय मिटर टाढा पुगेर शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो समय यस्ता दुखद घटनाहरू लगातार भइरहेका छन्। बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए र उनको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। यस्तै, शनिबार काठमाडौंको बुद्धनगरमा पनि अर्का एक व्यक्तिले आत्मदाह गरेका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka