Premier Cables
Premier Steel

खेलकुद

इरानले होर्मुज बन्द गरेपछि फेरि बढ्यो तनाव

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | बिहान ९:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ ।

उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ।

बिज्ञापन

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ।

सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्‍यो। अब त्यसको मूल्य चुकाउनुपर्नेछ।’

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa