Premier Cables

समाचार

शिक्षक आन्दोलनमा झडप हुँदा पत्रकार कार्की घाइते, आँखामा लाग्यो चोट

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, बैशाख १४, २०८२  | साँझ ५:२८ बजे

शिक्षक आन्दोलनमा झडप हुँदा समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते हुनुभएको छ ।

प्राइम टेलिभिजनकी पत्रकार कार्कीको आँखामा चोट लागेको छ। अहिले उहाँको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बताउनुभयो । ‘उहाँ (कार्की)को दुवै आँखामा गम्भिर चोट लागेको छ। अहिले उपचार भइरहेको छ’, उहाँले भन्नुभयो ।

बिज्ञापन

उहाँलाई प्रहरीले पानीको फोहोरा प्रहार गर्दा चोट लागेको थियो। आइतबार नयाँबानेश्वरमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो