Premier Cables
Premier Steel

कोशी प्रदेश

दुई उपाध्यक्ष किन? कोशी खेलकुद बोर्डको संरचनामाथि सांसद उप्रेतीको प्रश्न

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २३, २०८३  | अपराह्न ३:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा (प्रदेश सभा) कोशीका सांसद गणेश उप्रेतीले कोशी प्रदेश खेलकुद बोर्डमा एक महिला सहित दुई उपाध्यक्ष राख्ने प्रस्तावित व्यवस्थामाथि प्रदेश सभामा प्रश्न उठाएका छन्।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद उप्रेतीले बोर्डमा पहिलेदेखि रहेको एक उपाध्यक्षको व्यवस्था नै कायम राख्नुपर्ने धारणा व्यक्त गरे। उनले समावेशीताका लागि महिला उपाध्यक्ष राख्ने व्यवस्था उचित भए पनि थप एक उपाध्यक्ष नियुक्त गर्नुको औचित्यमाथि सरकारसँग जवाफ मागे।

बिज्ञापन

“यदि समावेशी प्रतिनिधित्वका लागि महिला उपाध्यक्ष राखिएको हो भने अर्को उपाध्यक्ष किन आवश्यक पर्‍यो?” भन्दै उनले भागबन्डाका आधारमा कार्यकर्ता व्यवस्थापन गर्न दुई उपाध्यक्ष थपिएको हो कि भन्ने आशंका व्यक्त गरे।

उनले केन्द्र सरकारको खेलकुद बोर्डमा समेत दुई उपाध्यक्षको व्यवस्था नरहेको उल्लेख गर्दै यस्तो संरचना अन्यत्र पनि नदेखिएको बताए। आन्दोलनपछिको संरचनागत रूपान्तरण जिम्मेवारी र समावेशीताको आधारमा हुनुपर्नेमा नयाँ व्यवस्था त्यसअनुसार नभएको उनको टिप्पणी थियो।

सांसद उप्रेतीले बोर्डमा १३ सदस्यीय संरचना प्रस्ताव गरिनु पनि मितव्ययिताविपरीत भएको भन्दै आलोचना गरे। उनले ठूलो संरचनाले अनावश्यक आर्थिक भार बढाउने भएकाले सरकार पुनर्विचार गर्नुपर्ने माग गरे। पहिलो खेलकुद अध्यादेशमाथिकाे संशोधन विधेयकमाथि प्रदेश सभामा छलफल जारी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa