Premier Cables
Premier Steel

अपराध

‘नेपाली ब्रो’ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १७, २०८३  | साँझ ६:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनिने ३८ वर्षीय कुमार थापामगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

काठमाडौं परिसरको प्रहरी अनुसन्धान प्रतिवेदन (मिसिल) का आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उनीविरुद्ध औपचारिक रूपमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

नुवाकोट स्थायी घर भएका थापामगरले गत जेठ २२ गते काठमाडौंको तार्केश्वरमा नेपाली सेनामा कार्यरत आफ्नी श्रीमती अम्बिका भुजेलमाथि खुकुरी प्रहार गरी हत्या गरेका थिए।

उक्त हत्याकाण्डमा संलग्नता र सहयोग गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ सहित उनकी प्रेमिका जुम्लाकी प्रतिक्षा आचार्य, सहोदर भाइ विक्रम थापामगर र बालाजु बस्ने पुजन क्षेत्री थापालाई पक्राउ गरेको थियो।

सरकारी वकिल कार्यालयले पक्राउ परेका चारै जनाविरुद्ध ज्यान मुद्दा र हत्याको मतियार बनेको कसुरमा कडा कारबाहीको माग दाबी गर्दै अदालतमा मुद्दा अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa