Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको चुलाचुली फुड भिलेजको झोल म:ममा किरा, विराटनगर महानगरसँग अनुगमनको माग

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | साँझ ६:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित चुलाचुली फुड भिलेज मा खाजा खान पुगेका केही युवाले झोल म:ममा किरा भेटिएको भन्दै खाद्य गुणस्तरमाथि प्रश्न उठाएका छन्। उनीहरूले सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्।

शनिबार साँझ साथीहरूसँग फुड भिलेज पुगेका शुभम साहले झोल म:म अर्डर गरेका थिए। खाजा खाने क्रममा म:मको झोलभित्र स्याउँस्याउँती किरा देखेपछि उनले तत्काल होटलका सञ्चालक तथा कर्मचारीलाई जानकारी गराएका थिए।

बिज्ञापन

साहका अनुसार होटल पक्षले किरा परेको म:म उठाएर अर्को परिकार बनाएर दिने प्रस्ताव गरे पनि गल्ती स्वीकार नगरेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि नजनाएको आरोप छ।

“हामीले पैसा तिरेर फर्कियौं। तर होटलले न गल्ती स्वीकार गर्‍यो, न यसलाई सुधार गर्ने कुनै आश्वासन दियो,” साहले भने।

घटनापछि साह र उनका साथीहरूले किरा भेटिएको म:मको फोटो तथा भिडियो खिचेका थिए। उनीहरूले उक्त खाजा नखाई होटलबाट बाहिरिएको बताएका छन्। सो घटनासम्बन्धी फोटो र भिडियो हाम्रो विराटनगर लाई प्राप्त भएको दाबी गरिएको छ।

पीडित पक्षले विराटनगर महानगरपालिकाले उक्त फुड भिलेजको खाद्य गुणस्तर, सरसफाइ तथा मापदण्डबारे तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa