Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा असार १५ गते ११ अति विपन्न जोडीको सामूहिक विवाह गराउदैं माहेश्वरी महिला मंच

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १४, २०८३  | बिहान ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। माहेश्वरी महिला मञ्च विराटनगरले असार १५ गते सोमबार विराटनगरमा ११ अति विपन्न जोडीको सामूहिक विवाह गराउने तयारी पूरा गरेको छ।

मञ्चकी अध्यक्ष ललिता जाजुका अनुसार स्थानीय जनप्रतिनिधि तथा अभिभावकको सिफारिसका आधारमा छनोट गरिएका ११ जोडीको विवाह विराटनगरको मेनरोडस्थित अतिथि सदनको राधा मण्डपमा बिहान ११ बजेदेखि सम्पन्न गराइनेछ।

बिज्ञापन

सामूहिक विवाह समारोहमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रममा माहेश्वरी महिला मञ्चका पदाधिकारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको समेत उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

मञ्चका अनुसार कार्यक्रममा सहभागी उद्योगी–व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूले नवविवाहित जोडीलाई आवश्यक सामग्रीसहित उपहार प्रदान गर्नेछन्।

यो माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गर्न लागेको दोस्रो संस्करणको सामूहिक विवाह कार्यक्रम हो। कार्यक्रमको संयोजकमा शीतल बाहेती र सह–संयोजकमा अर्चना तापडीयालाई जिम्मेवारी दिइएको मञ्चले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa