Premier Cables
Premier Steel

विराटनगर

सेवाग्राहीका गुनासा सुन्दै यातायात कार्यालय, अनलाइन प्रणाली विस्तारको तयारी

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १०, २०८३  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । यातायात व्यवस्था कार्यालय, मोरङले प्रदान गर्दै आएको सेवाका विषयमा बुधबार विराटनगरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा फरवार्ड मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको व्यवस्थापनमा आयोजित कार्यक्रममा कार्यालयबाट प्रवाह हुने सेवाका विषयमा सेवाग्राहीसँग प्रत्यक्ष छलफल गरिएको हो।

बिज्ञापन

कार्यक्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण, सवारी दर्ता तथा नवीकरण, नामसारी, दर्ता सरुवा, राजस्व सङ्कलन, सार्वजनिक तथा निजी सवारी व्यवस्थापन, सवारी चेकजाँच, अनलाइन सेवा र गुनासो व्यवस्थापनलगायतका विषयमा सेवाग्राहीले प्रश्न र सुझाव राखेका थिए।

विराटनगर महानगरपालिका–३ स्थित यातायात कार्यालयको ट्रायल सेन्टरमा आयोजित कार्यक्रममा बोल्दै कार्यालय प्रमुख मनोज कार्कीले कार्यालयबाट प्रभावकारी सेवा प्रवाह भइरहेको दाबी गरे।

उनले सेवाग्राहीको मागअनुसार लागू गरिएको टोकन प्रणाली प्रभावकारी हुन नसकेपछि हटाइएको बताए। एउटै सेवाग्राहीले बैंक, मेडिकललगायत विभिन्न चरणका सेवा लिनुपर्ने भएकाले टोकन प्रणालीले थप अन्योल सिर्जना गरेको उनको भनाइ थियो।

कार्यालय प्रमुख कार्कीले आगामी साउनदेखि घरमै बसेर राजस्व तिर्न सकिने गरी अनलाइन प्रणाली विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चालु आर्थिक वर्षमा कार्यालयले १४ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको बताए।

सेवाग्राहीका प्रश्नको जवाफ दिँदै कार्कीले सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न कार्यालय प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी सहायक निरीक्षक सञ्जयकुमार यादवले जिल्लामा सुरक्षित चालक अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको जानकारी दिए।

उनले सवारी साधन खरिद गर्नुअघि चालक अनुमतिपत्र लिनुपर्ने विषयमा सचेतना फैलाउने काम भइरहेको बताए। सानो लापरबाहीले ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै उनले सवारी चलाउँदा नियमको पालना गर्न आग्रह गरे।

‘कानुन थाहा थिएन भनेर छुट पाइँदैन,’ उनले भने, ‘सवारी चलाउँदा विशेष सावधानी अपनाउन आवश्यक छ।’

सार्वजनिक सुनुवाइ कार्यक्रममा यातायात कार्यालयका कर्मचारी, ड्राइभिङ सेन्टरका प्रतिनिधि, अगुवा सिटी रिक्सा चालकसहित करिब एक सय जना सेवाग्राहीको सहभागिता रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa