Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको मिथिला थालीमा अखाद्य बस्तु प्रयोग, सरकारी निकायले गरायो सचेत

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | साँझ ५:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌ विराटनगरस्थित विभिन्न खाद्य उद्योग र रेस्टुरेन्टमा गरिएको अनुगमनमा गम्भीर लापरबाही र मापदण्डविपरीत गतिविधि फेला परेको छ।

विराटनगर–८ स्थित ‘हाम्रो मिथिला किचन’ (क्लाउड किचन) मा ढोकामा जाली नभएको, फ्रिजमा खाना खुलै राखिएको लगायतका कमजोरी भेटिएको छ। उक्त किचनलाई स्टेनलेस स्टिलका भाँडा प्रयोग गर्न, जाली ढोका जडान गर्न र भान्सामा पर्याप्त प्रकाशको व्यवस्था गर्न निर्देशन दिइएको छ।

बिज्ञापन

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको टोलीले गरेको अनुगमनमा बजारमा फलफूलको जुस भनेर बिक्री भइरहेका पेय पदार्थमा वास्तविक फलफूलको रस नभएको पाइएको छ। साथै केही रेस्टुरेन्ट तथा उत्पादन स्थलमा अखाद्य रसायन (हाइड्रो), कृत्रिम रंग र म्याद गुज्रिएका सामग्री प्रयोग भएको तथ्य पनि भेटिएको छ।

झापा अर्जुनधारा–५ स्थित ‘फ्रुट एग्रो प्रोडक्ट प्रालि’ ले उत्पादन गरेको ‘ओआरए’ ब्रान्डको म्यांगो ड्रिंक र अरेन्ज ड्रिंकले सरकारले तोकेको अनिवार्य मापदण्ड पूरा नगरेको पाइएको छ।

सोही स्थानमा मिठाई बनाउन अखाद्य रसायन र कृत्रिम रंग प्रयोग गरिएको, भण्डारणमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको तथा भान्साको सरसफाइ अत्यन्तै कमजोर रहेको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

अनुगमन टोलीले करिब १ हजार रुपैयाँ बराबरको ५ किलो मिठाई, १ हजार ९५ रुपैयाँ बराबरको म्याद गुज्रिएको खाद्य सामग्री, साथै हाइड्रो र रंगका सामग्री जफत गरी नष्ट गरेको छ।

टोलीले सम्बन्धित व्यवसायलाई अबदेखि अखाद्य वस्तु प्रयोग नगर्न, भान्सा तथा भण्डारण प्रणाली सुधार गर्न र कार्यालयमा उपस्थित भई आवश्यक सुधारका प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa