Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीको बजेट वितरणमुखी भयो, निजीक्षेत्र उपेक्षित गरियो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | बिहान ११:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कृषि क्षेत्रलाइ उपेक्षित भएको प्रमुख विपक्षी दलका नेता इन्द्र बहादुर आङ्बोले बताए । उनले कृषि संरक्षित पेसा भएको भन्दै प्रथमिकता दिनुपर्ने बताए ।

कोशी प्रदेशको बजेट माथिको छलफलमा बोल्दै आङबोले कृषि ब्याज अनुदान उचित तवरले परिचालन हुन नसकेको बताए ।

बिज्ञापन

उनले भने,”व्यवस्थित अनुदान सहितको सुविधा दिईनु पर्छ।”निर्माण, कृषि र पर्यटन जस्ता क्षेत्रमा निजी क्षेत्रको विश्वास लिएर अघि बढ्नु पर्नेमा हुन नसकेको भन्दै प्रदेश सरकारको बजेट वितरणमुखी देखिएको टिप्पणी गरे ।

पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोले संघीय सरकारले निजीक्षेत्रराई तर्साई रहेको अवस्थामा समेत उनीहरूलाई विश्वासमा लिन नसकेको सुनाए ।

जलविद्युतमा समेत निजीक्षेत्र अझ बढी लगानी गर्न इच्छुक रहेको सन्दर्भमा प्रदेश आफैले बिजुली निकाल्ने भन्दा पनि निजीक्षेत्र र जनतालाई प्रोत्साहित गर्नुपर्ने सुझाव दिए ।

बांदरको समस्या कोसी प्रदेशमा बढ्नु मानिसको जनसंख्या पहाडी क्षेत्रमा घट्दा बादरको संख्या भने बढ्दा समस्या भएको सुनाए । पहाडी क्षेत्रमा बसाई सराई रोक्न एकीकृत सेवालाई केन्द्रमा राखेर योजना बनाउनु पर्ने सुझाव दिए । उनले भने,”प्रदेशले एकीकृत ग्रामीण विकास प्राधिकरण बनाउन पर्छ।” कानुनी रुपमै यसको व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa