Premier Cables

विराटनगर समाचार

विराटनगरमा आदर्श निर्माण मन्दिरको स्वर्ण जयन्ती महोत्सव शनिबार, हरिवंश आचार्य प्रमुख अतिथि

नोट: यो समाचार १ महिना अघिको हो

करण बास्तोला Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | साँझ ५:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगरस्थित आदर्श निर्माण मन्दिरले आफ्नो ५०औँ स्थापना दिवस तथा स्वर्ण जयन्ती महोत्सवको अवसरमा विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आदर्श निर्माण मन्दिर परिवारले स्वर्ण जयन्ती महोत्सवका कार्यक्रम, उद्देश्य, विशेष आकर्षण तथा सम्पूर्ण तयारीबारे जानकारी दिएको हो।

विज्ञापन

आयोजकका अनुसार स्वर्ण जयन्ती महोत्सव श्रावण २३ गते शनिबार दिउँसो ३:३० बजे विराटनगरको हटखोलास्थित आरोहण गुरुकुलमा आयोजना हुनेछ। कार्यक्रममा नेपालका सुप्रसिद्ध हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह–जोडी) प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

वि.सं. २०३२ सालमा स्थापना भएको आदर्श निर्माण मन्दिरले चरित्र निर्माण, सामाजिक उत्थान तथा राष्ट्र विकासको भावनालाई आत्मसात् गर्दै विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले बाल संस्कार शिक्षा, नैतिक चेतना अभिवृद्धि तथा समाजसेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताएको छ।

संस्थाले हालसम्म बाल संस्कारशाला सञ्चालन, नशामुक्ति अभियान, ३० वर्षसम्म पोलियो क्लिनिक सञ्चालन, कृत्रिम खुट्टा वितरण, CBR परियोजनाको सह संस्थापकको भूमिका, काठमाडौंको पशुपति क्षेत्रमा शीतल जल प्लान्ट स्थापना तथा करिब ३ हजार ५ सय बेवारिसे शवको अन्त्येष्टि जस्ता सामाजिक सेवामूलक कार्य गर्दै आएको जानकारी दिएको छ।

यस्तै, स्वर्ण जयन्ती महोत्सवकै अवसरमा विराटनगर–३ बरगाछी स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा वाटर फिल्टर प्लान्ट पनि जडान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार स्वर्ण जयन्ती महोत्सव सम्पन्न गर्न करिब २ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka