Premier Cables
Premier Steel

कोशी प्रदेश

लागुऔषध र विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक: मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | बिहान ८:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा लागुऔषध दुव्र्यसन र मौसमीजन्य विपद्का घटनाहरू वर्षेनि बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा बिर्तामोडमा सुरु गरिएको “लागुऔषध विरुद्ध झापा अभियान” को शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले यी दुवै समस्याको ग्राफ निरन्तर बढिरहेको उल्लेख गर्दै रोकथामका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

बिज्ञापन

उनले लागुऔषध दुव्र्यसन घर–परिवारभित्रै प्रवेश गरेको हुन सक्ने भएकाले हरेक परिवारले आफ्ना बालबालिकाको भविष्य र सुरक्षाबारे गम्भीर भएर ध्यान दिनुपर्ने सुझाव दिए । साथै नेपाल–भारत खुला सीमाका कारण चुनौती बढेको उल्लेख गर्दै पहिले सीमावर्ती क्षेत्रमा देखिएको दुव्र्यसनको समस्या अहिले तराई हुँदै पहाड र हिमाली क्षेत्रमा समेत फैलिँदै गएको बताए ।

मुख्यमन्त्री कार्कीले विपद् पनि अर्को गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै मानवसिर्जित विपद् रोकथाम र प्राकृतिक विपद् व्यवस्थापन दुवैमा सामूहिक भूमिका आवश्यक रहेको बताए । यस्ता समस्या बढ्दै गए राज्यको बजेटले मात्र धान्न नसक्ने अवस्था आउन सक्ने भएकाले मुख्य ध्यान रोकथामतर्फ केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापाको समन्वय र स्थानीय तहहरूको सहयोगमा सुरु गरिएको “लागुऔषध विरुद्ध झापा अभियान (जना २०८३)” लाई सफल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहने उनले स्पष्ट पारे । मोरङ, सुनसरी लगायतका जिल्लामा पनि दुव्र्यसनको अवस्था उच्च रहेकाले प्रदेशस्तरीय योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।

आगामी आर्थिक वर्षको बजेटमा मेचीनगरको धाइजन र विराटनगरको रानीस्थित कोरोना होल्डिङ सेन्टरलाई लागुऔषध पुनःस्थापना केन्द्रका रूपमा रूपान्तरण गर्ने प्रस्ताव रहेको जानकारी दिँदै उनले यसबारे सरोकारवाला निकायहरूसँग छलफल भइसकेको बताए ।

दुव्र्यसन न्यूनीकरणका योजनाहरू कार्यान्वयनमा निजी क्षेत्रका पुनःस्थापना केन्द्रहरूको समेत सहयोग आवश्यक हुने उल्लेख गर्दै उनले स्थानीय तहहरूलाई पनि बजेट तथा योजनामा पुनःस्थापना कार्यक्रम समावेश गर्न आग्रह गरे ।

उनले अभिभावकहरूलाई आफ्ना बालबालिकासँग नजिक भएर व्यवहार गर्न, उनीहरूको दैनिकी नियाल्न र “म को हुँ” भन्ने आत्मबोध गराउनुपर्नेमा जोड दिए । साथै विद्यालय तथा सम्बन्धित संस्थाहरू (जस्तै प्याब्सन, एन–प्याब्सन) ले पनि विद्यार्थीहरूको निगरानीमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

यसअघि सुरु गरिएको “म अघि बढ्छु” कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि पुनः सञ्चालन गर्ने तयारी रहेको जानकारी दिँदै उनले यो कार्यक्रम २ हजारभन्दा बढी विद्यालयमार्फत लाखौं विद्यार्थीमा पुग्ने र उनीहरूलाई कुलतबाट जोगाउने लक्ष्य रहेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa