Premier Cables
Premier Steel

विराटनगर

कक्षा- १२ को परीक्षामा एभरेष्टका शत-प्रतिशत विद्यार्थी उत्तीर्ण

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | साँझ ५:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

उच्च माध्यामिक शिक्षा परिषदले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो । एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा १२ को परिक्षा दिएका थिए ।

बिज्ञापन

शैक्षिक क्षेत्रमा अब्बल मानिएको एभरेष्टले हरेक परिक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने गरेको भन्दै प्रिन्सिपल पुरीले त्यसकै निरन्तरता भएको बताउनुभयो । २०७५ सालमै नेपालकै उत्कृष्ट विद्यालय भएर शिल्ड, प्रमाणपत्र र नगदसहित पुरस्कृत भएको स्मरण गर्दै उहाँले एभरेष्टको नतिजा सबै विद्यार्थीको समान जस्तै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले विद्यार्थीको शैक्षिक विकासको लागि उस्तै मेहनत गर्छौ, त्यसैले सबै राम्रो अंकका साथ उत्तिर्ण हुँदै आएका छन् ।’ प्रशासन प्रमुख रक्कि यादवका अनुसार ५७ जना ए प्लस ल्याएर उत्तिर्ण हुँदा ६६ जना ए ल्याएका छन् ।

यस्तै बी प्लस ल्याएर ९ जना उत्तिर्ण भएका छन् । ती मध्ये नेहा मण्डल ३.९१ र राजुकमार साह ३.९ जीपिए ल्याएर उत्तिर्ण भएका छन् । यसका साथै एभरेष्ट स्कुलले यसै शैक्षिक सत्रदेखि बीआईटीको समेत अध्यापन सुरु गरेको छ । काठमाडौं विश्वविद्यालयको सम्बन्धन पाएको एभरेष्टले बीआईटीको लागि आवेदन खुला भइसकेको जानकारी दिएको छ ।

समयमा कोर्ष पुरा गर्ने, समयमा परिक्षा लिने र समयमै परिक्षाफल प्रकाशन गर्ने विश्वविद्यालयका रुपमा परिचित काठमाडौं विश्वविद्यालयको बीआईटी एभरेष्टमा सुरु भएको हो । बीआईटीको लागि https://apply.ku.edu.np/cbt मा अनलाईन आवेदन दिन सकिने एभरेष्टले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa