Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

कोशी प्रदेशले आज करिब ३९ अर्बको बजेट ल्याउँदै, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

यद्यपि प्रदेशसभा सचिवालयले बजेट प्रस्तुत गर्ने बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक गरिसकेको छैन ।

बिज्ञापन

यसपटक कोशी सरकारले करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको बजेटको तुलनामा आगामी वर्षको बजेट करिब ४ अर्ब रुपैयाँले बढी हुनेछ । संघीय सरकारको बजेटको आकार वृद्धि हुनुका साथै अनुदान रकम बढेकाले प्रदेशको बजेट पनि विस्तार हुन लागेको हो ।

प्रदेश सरकारले आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । मन्त्री लिङ्थेपका अनुसार शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रलाई समेत उच्च प्राथमिकता दिइएको छ ।

संघीय सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा लगाइएको भ्याटबाट प्रभावित निम्न मध्यम वर्ग र सुकुम्बासी समुदायलाई राहत दिने गरी प्रदेश सरकारले केही विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

चालू आर्थिक वर्षको प्रगति हेर्दा प्रदेश सरकारले करिब ३२ अर्ब रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्ष करिब ८० प्रतिशत बजेट खर्च भएकोमा यस वर्ष खर्च दर घटेर करिब ७० प्रतिशतको हाराहारीमा सीमित हुने सरकारी अनुमान छ ।

खर्च न्यून हुँदा वैशाख मसान्तसम्म कोशी प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । यही मौज्दात रकम र संघीय अनुदानलाई आधार बनाएर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउन लागेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka