Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी सरकारको खर्च क्षमता घट्यो, यो वर्ष ७७ प्रतिशत मात्र

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | अपराह्न २:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल बजेटको ७७.२६ प्रतिशत हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हाल रकमको अन्तिम हिसाब मिलान प्रक्रियामा रहेकाले खर्च विवरणमा सामान्य हेरफेर हुन सक्ने सम्भावना छ।

बिज्ञापन

पुँजीगत खर्चतर्फ १३ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ, जसले ७९.२६ प्रतिशत कार्यान्वयन देखाउँछ। चालू खर्चतर्फ १२ अर्ब ४२ करोड रुपैयाँ खर्च भई ७५.२९ प्रतिशतको प्रगति भएको छ।

मन्त्रालयगत विवरण हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल ११ अर्ब १९ करोडमध्ये ८ अर्ब ५० करोड रुपैयाँ खर्च गरेको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड खर्च गरेको छ भने स्थानीय तहका लागि छुट्याइएको ५ अर्ब ६ करोड ८५ लाख बजेटमध्ये ४ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka