Premier Cables
Premier Steel

विराटनगर

“नेपालकी मारवाडी नारीशक्ति” पुस्तक लोकार्पण तथा प्रथम अग्रणी मारवाडी महिलाहरूको सम्मान सम्पन्न

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ३१, २०८३  | बिहान ९:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा “नेपालकी मारवाडी नारीशक्ति” पुस्तकको लोकार्पण, नारीशक्ति समूहको अधिवेशन तथा नेपालका विभिन्न क्षेत्रमा पहिलो पटक उल्लेखनीय उपलब्धि हासिल गर्ने ३५ अग्रणी मारवाडी महिलाहरूको सम्मान कार्यक्रम भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व श्रीमती निर्मला जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा विराटनगर महानगरपालिकाकी उपप्रमुख श्रीमती शिल्पा कार्की सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा पूर्व सभासद तथा विशेष सल्लाहकार श्रीमती राज्य लक्ष्मी गोल्छा, राष्ट्रिय महिला संगठनकी उपाध्यक्ष श्रीमती शरला सेठिया, नेपाल राष्ट्रिय माध्यमिक परिषद्का उपाध्यक्ष श्री भीकमचन्द सरल, साहित्यकार तथा सल्लाहकार श्री लक्ष्मण नेवटिया लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

कोशी प्रदेशका भद्रपुर, बिर्तामोड, दमक, इटहरी, धरान, दुहबी तथा विराटनगरबाट उल्लेखनीय संख्यामा सहभागी भएका नारीशक्ति दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

कार्यक्रमकी संयोजक तथा पुस्तककी प्रमुख सम्पादक श्रीमती गिरीजा शारडाको नेतृत्वमा तयार गरिएको “नेपालकी मारवाडी नारीशक्ति” पुस्तकले नेपालभरका मारवाडी महिलाहरूको परिचय, शैक्षिक योग्यता, पेशागत यात्रा, सामाजिक योगदान तथा विविध क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई एउटै दस्तावेजमा समेट्ने महत्वपूर्ण प्रयास गरेको छ। पुस्तकले भावी पुस्ताका लागि प्रेरणादायी सन्दर्भ सामग्रीका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

विशेष रूपमा, पुस्तकमा विभिन्न क्षेत्रमा नेपालमा पहिलो पटक उल्लेखनीय उपलब्धि हासिल गर्ने मारवाडी महिलाहरूको इतिहास र योगदानलाई अभिलेखीकरण गरिएको छ। यही अवसरमा ती ३५ अग्रणी महिलाहरूलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कोरोना कालमा सुरु भएको यस परियोजना “नेपालकी मारवाडी नारीशक्ति” व्हाट्सएप समूहबाट प्राप्त सहकार्य, संवाद र सामूहिक प्रयासको परिणाम हो। स्वयंसेवी भावनाका साथ लामो समय लगाएर संकलित यस पुस्तकले समुदायभित्रका प्रेरणादायी महिलाहरूको योगदानलाई उजागर गर्दै उनीहरूको पहिचानलाई संस्थागत रूपमा सुरक्षित गर्ने महत्वपूर्ण काम गरेको छ।

कार्यक्रम सञ्चालन सम्पादक मण्डल सदस्य श्रीमती नीतु सोमानीले गर्नुभएको थियो। कार्यक्रमको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सम्मानित व्यक्तित्व, सहभागी दिदीबहिनी, शुभेच्छुक तथा सहयोगीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka