Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा क्षयरोगमुक्त अभियान तीव्र, स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलो कार्यक्रम सञ्चालन

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २८, २०८३  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग (टिबी) अन्त्य गर्ने, संक्रमण र मृत्यु दर घटाउने तथा सन् २०५० सम्म नेपाललाई टिबीमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यअनुसार विराटनगर महानगरपालिकाले ‘टिबी फ्री पालिका’ अभियानलाई तीव्रता दिएको छ।

आर्थिक वर्ष २०८०/८१ देखि टिबी फ्री पालिकाका रूपमा छनोट भएको विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरपालिका र नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङ शाखाको साझेदारीमा टिबी फ्री कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा नम्बर ५, ६, ११, १५, १६, १८ र १९ मा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई क्षयरोग सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ।

बिज्ञापन

अभिमुखीकरणपछि स्वयंसेविकाहरूले सम्बन्धित वडामा घरदैलो कार्यक्रम सञ्चालन गरी क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने, खकार संकलन शिविरमा सहभागी गराउने तथा संकलित नमुनाको जिन एक्सपर्ट परीक्षण गराउने कार्य सुरु गरेका छन्। परीक्षण नेपाल क्षयरोग निवारण संस्थाको प्रयोगशालामा भइरहेको छ।

महानगरपालिकाले प्रत्येक वडामा चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरेको छ। चिकित्सकको सिफारिसअनुसार जिन एक्सपर्ट परीक्षणबाट रोग पुष्टि नभए पनि क्षयरोगको आशंका रहेका बिरामीलाई संस्थामार्फत निःशुल्क एक्स–रे सेवा उपलब्ध गराइएको छ। एक्स–रे परीक्षणका लागि संस्थासम्म आउनुपर्ने बिरामीलाई स्थानीय यातायात खर्चसमेत उपलब्ध गराइएको जनाइएको छ।

टिबीमुक्त विराटनगर अभियान अन्तर्गत ट्राफिक प्रहरी, कारागारका कैदीबन्दी, उद्योग तथा कारखानाका मजदुर र आमा समूहमा समेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी शंकास्पद बिरामीहरूको खकार संकलन कार्य गरिएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि अभियानलाई निरन्तरता दिँदै प्रत्येक घरमा पुगेर ‘टिबी फ्री घर’ घोषणा अभियान सञ्चालन गर्ने आवश्यकता औंल्याएको छ।

यसैबीच, विराटनगर महानगरपालिकाको आर्थिक सहयोग तथा अनुदानमा नेपाल क्षयरोग निवारण संस्थाले सञ्चालन गरेको डीआर आवास गृहमा उपचाररत बिरामीहरूका लागि सीपमूलक तालिम कार्यक्रम पनि सुरु गरिएको छ। आर्थिक रूपमा कमजोर तथा उपचाररत बिरामीलाई आत्मनिर्भर बनाउने उद्देश्यले २०८३ जेठ १ गतेदेखि ४५ दिने सिलाइ–कटिङ तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

नेपाल क्षयरोग निवारण संस्था (नाटा) मोरङ शाखाका सचिव भविसकुमार श्रेष्ठका अनुसार बिरामीहरूको पुनःस्थापना र आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka