Premier Cables
Premier Steel

विराटनगर

ग्रीनल्याण्ड कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई भव्य अभिमुखीकरण

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | अपराह्न ३:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–१०, संसारीमाईस्थान दक्षिणमा रहेको ग्रीनल्याण्ड कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूका लागि एकदिने भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार विराटनगरस्थित सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायका गरी ७५० जना विद्यार्थीलाई अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल दिनेश दाहालले जानकारी दिए।

बिज्ञापन

कोशी र मधेश प्रदेशसहित देशभरिका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ग्रीनल्याण्ड कलेजले प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको छ। कलेजले व्यवहारमुखी शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि पाठ्यपुस्तकको ज्ञान मात्र नभई व्यावहारिक सीप, सिकाइ तथा अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको प्रिन्सिपल दाहालले बताए।

उनले अभिभावकहरूले कलेजमाथि विश्वास गर्दै आफ्ना छोराछोरीलाई अध्ययनका लागि पठाएकोमा धन्यवाद व्यक्त गर्दै विद्यार्थी जीवन चुनौती र अवसर दुवैको संगम भएको बताए। आगामी दुई वर्षको मेहनतले विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले अनुशासित र एकाग्र भएर अध्ययन गर्न उनले आग्रह गरे।

कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विद्यार्थीको भविष्य निर्धारणमा अनुशासन र सिक्ने इच्छाशक्तिको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले लगनशीलता र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्दै आगामी दुई वर्षलाई उपलब्धिमूलक बनाउन सुझाव दिइन्।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कलेज व्यवस्थापनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka