Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा “थर्स्ट क्वेन्च” दोस्रो चरणको उद्घाटन

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | साँझ ६:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिराटनगर । बरगाच्‍छी चोकस्थित CNI कार्यालय परिसरमा रोयटरी क्लब अफ बिराटनगर डाउनटाउनद्वारा सञ्चालन गरिएको “थर्स्ट क्वेन्च– शुद्ध पिउने पानी सबैका लागि” परियोजनाको दोस्रो चरणको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्री कुमार पोखरेल रहनु भएको थियो। विशेष अतिथिका रूपमा CNI कोशी प्रदेश अध्यक्ष श्री पवन सरडा र असिस्टेन्ट गभर्नर रोटेरियन बिनोद अग्रवालको उपस्थिति रहेको थियो।

बिज्ञापन

अध्यक्ष रोटेरियन गिरिजा सारड़ा अनुसार यो परियोजना जिल्ला अनुदान (District Grant) अन्तर्गत सञ्चालन गरिएको हो, जसको मुख्य उद्देश्य सर्वसाधारणलाई निःशुल्क, सुरक्षित र शीतल पिउने पानी उपलब्ध गराउनु हो। गर्मी मौसममा यात्रु, विद्यार्थी, मजदुर तथा स्थानीय बासिन्दालाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको हो।

कार्यक्रममा CNI ले यस परियोजनाको दीर्घकालीन सञ्चालनका लागि विद्युत, पानी तथा मर्मत सम्भार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ, जसले परियोजनाको दिगोपन सुनिश्चित गर्नेछ।

उद्घाटनसँगै यस स्थानमा दैनिक सयौं सेवाग्राहीलाई शुद्ध पिउने पानी उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले प्लास्टिक बोतलको प्रयोग घटाउने, स्वास्थ्य सुधार गर्ने र सामुदायिक सेवामा सार्वजनिक–निजी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास लिइएको छ।

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले यो परियोजनालाई समुदाय सेवा र दिगो विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka